चेक अनादर मुद्दामा फरार कैलालीका एक जना पक्राउ
२०८२ जेठ १५, ०७:५१
धनगढीः चेक अनादर मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको २०८२ जेठ ९ गतेको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका कैलारी गाउँपालिका–८ लोहरपुर बस्ने ३९ वर्षीय बिजय चौधरी पक्राउ परेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको हो।
कमेन्ट लोड गर्नुस