जिल्ला अदालत कैलालीबाट दोसी ठहर एक जना पक्राउ

२०८२ जेठ १४, ०७:२९
धनगढीः जिल्ला अदालत कैलालीबाट दोसी ठहर एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले हात हतियार खरखजना तथा अपराधिक लाभ मुद्दामा ६ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका-२ बस्ने ३० वर्षीय रमेश शाही पक्राउ परेका छन्। शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको बताएको छ।


कमेन्ट लोड गर्नुस