सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा ट्याक्टर दुर्घटना

२०८२ जेठ १०, १०:३७ खबर संवाददाता

बाजुराः बाजुराको बुढीनन्दा नगरपालिका– ३ मा मालवाहन ट्याक्टर दुर्घटना भएको छ।

शनिवार बिहान बुढीनन्दा नगरपालिका– ३ चुकिरूखमा ट्याक्टर दुर्घटना भएको हो।

बुढीनन्दा नगरपालिका– ३ स्थित सपुराली बड्डाला खानेपानी निर्माण आयोजनाको सिमेन्ट र पाइप बोकेर गएको ट्याक्टर दुर्घटनामा परेको छ। निर्माण सामग्री बोकेर कोल्टीबाट गएको ट्याक्टर चुकिरुखमा कुरुवाट आएको जिपलाई साइट दिन खोज्दा दुर्घटना भएको हो।

उक्त ट्याक्टर सडकबाट पाँच मिटर तल खसेको जनाइएको छ। चालक भने सकुशल छन।

 

कमेन्ट लोड गर्नुस