सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा जंगली तरकारी खाँदा दुई जनाको मृत्यु, एक जना गम्भीर

२०७६ असार ३०, ११:३३ खबर संवाददाता

अछाम—जिल्लाको रामारोशन गाँउपालिकामा जंगली तरकारी खाएर दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर बिरामी परेकी छिन्। जंगली बनस्पतीको तरकारी खाँदा दाजु र बहिनीको मृत्यु भएको हो भने आमा गम्भीर बिरामी परेकी हुन्। 
रामारोशन गाउँपालिका वडा नम्वर ५ तल्लोपाटनका ११ वर्षीय रमेश बोहरा र उनकी बहिनी ५ वर्षीया मनिषाको मृत्यु भएको हो। आमा नरपता बोहोराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्लाको  बयालपाटा अस्पतालले थप उपचारका लागि उनलाई अन्यत्र रिफर गरेको छ। 
स्थानीयका अनुसार घरमा तीनजना मात्रै थिए। उनीहरुलाई पेट दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, रिंगटा लाग्ने र ओठ–मुख सुक्ने समस्या बल्झिएपछि मात्रै आफन्तलाई खबर गरेका थिए।
 

कमेन्ट लोड गर्नुस