कैलालीमा खैरो हेरोइनसहित एक किशोर पक्राउ

२०८२ वैशाख २१, ०६:३९
धनगढीः कैलालीमा खैरो हेरोइनसहित एक किशोर पक्राउ परेका छन्।
टीकापुर नगरपालिका-९ खक्रौला चेक पोष्टबाट जानकी गाउँपालिका-९ खैरिफाँटा बस्ने १८ वर्षीय किशोरलाई ५ ग्राम ३२० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित प्रहरीले पक्राउ गरेको छ। किशोरलाई इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस