सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा विप्लव समूहद्धारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

२०७६ असार २९, ०४:४०

भोजपुरमा प्रहरीको गोली लागेर मृत्यु भएका ओखलढुङ्गाका जिल्ला सचिव निर कुमार राई प्रशान्तको सम्झनामा प्रतिवन्धीत विप्लव समूहले कैलालीमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ। प्रतिकारमा उत्रिदा प्रहरीको गोली लागेर मृत्यु भएका राईको स्मृतीमा नेकपा विप्लव एरिया नम्बर ३ कैलालीले श्रद्धाञ्जली कार्यक्रम गरेको जनाएको छ। श्रद्धाञ्जली कार्यक्रममा कैलाली एरिया नम्बर ३ का इन्चार्ज प्रतिप, पार्टीका कैलाली सचिवालय सदस्य सेवक, सचिवालय सदस्य अजय र सुनिता खडका लगायतको सहभागिता रहेको विप्लव समूहले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस