धनगढीमा ट्रकबाट खसेर एक जना घाइते

२०८२ वैशाख १५, ०६:१३
धनगढी : कैलालीको धनगढीमा ट्रकबाट खसेर एक जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–४ बसपार्क क्षेत्रमा ना ४ ख ९२३५ नम्बरको ट्रकबाट एक युवक खसेका हुन। कैलालीको भजनी नगरपालिका–१ का २७ वर्षीय अर्जुन चौधरी सामान झार्ने समयमा ट्रकबाट खसेका ट्राफिक प्रहरीले बताएको छ। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ।

कमेन्ट लोड गर्नुस