सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पनि भानु जयन्ती मनाइँदै

२०७६ असार २९, ०२:४२ खबर संवाददाता

धनगढी–आदिकवि भानुभक्त आचार्यको २ सय ६ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाईदै छ। दिवसको अवसरमा सुदूरपश्चिममा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। प्रदेशको अस्थायी राजधानी धनगढीमा विहान सुदूरपश्चिमाञ्चल साहित्य समाज, कैलाली जनपुस्तकालय लगायतको आयोजनामा प्रभातफेरीको आयोजना गरिएको छ। यस्तै दिवसको अवसरमा कैलाली जनपुस्तकालयले काव्य गोष्ठी र श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा शिक्षासेवी जगदीश प्रसाद भट्टलाई ’ पूर्णानन्द जोशी राष्ट्रिय शिक्षा सेवा पुरस्कार’ बाट सम्मान गरिएको छ। 

यस्तै सोही कार्यक्रममा गायक तथा संगीतकार पिके नारायण, संस्कृतिकर्मी साबित्री साहू र शिक्षासेवी एबम् साहित्यकार खगराज पाठकलाई पनि सम्मान गरिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम कैलाली जनपुस्तकालयका अध्यक्ष टिएन जोशीको अध्यक्षतामा भएको हो। यस्तै दिवसकै अवसरमा सुदूरपश्चिमाञ्चल साहित्य समाजले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको छ। पुरस्कार घोषणा, सम्मान, कविता र गजल प्रतियोगिताको आयोजना गरिएको समाजले जनाएको छ। 

यस्तै अत्तरिया स्थित प्रतिभा सामुदायिक पुस्तकालयले जन्म जयन्ती मनाएको छ। पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार समाजसेवी एवम् नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीका अध्यक्ष पदमराज जोशी रहेका थिए भने विशिष्ट अतिथिहरुमा यस क्षेत्रका पूर्व शिक्षक एवम् विद्यालय श्रोत व्यक्ति उमाकान्त जोशी र प्रतिभा सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष कृष्णपनेरु रहेका थिए। उक्त कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्ना गीत,कविता,गजल इत्यादि रचनाहरु प्रस्तुत गरेका थिए भने सुदूरपश्चिम प्रदेश कि प्रख्यात लोक गायिका डिक्रा देवी गाइने, दीर्घराज फुलाराले गीत गाएर दर्शकहरुलाई मन्त्र मुग्ध पारेका थिए।

सं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीबाट जन्मेका आचार्यले ‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरीे नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पुगाउका थिए। आचार्यको विसं १९२३ असोज ६ गते निधन भएको थियो।   

कमेन्ट लोड गर्नुस