सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाको दिव्या रोजिन उद्योगमा आगलागी

२०८२ वैशाख १३, ०४:१८ खबर संवाददाता

धनगढी : कैलालीको अत्तरियामा रहेको दिव्या रोजिन एण्ड टरपेन्टाइन (लिसा कम्पनी)मा आगलागी भएको छ।

शनिवार बिहान उद्योगको खोटो संकलन ट्याङ्कीमा अचानक आगो लागेको हो।

कम्पनीका स्टोर प्रमुख विष्णु देवकोटाले मोटर सञ्चालनको क्रममा तार सर्ट भई आगलागी भएको बताए। करिब १०÷१५ मिनेटसम्म आगो बलिरहे पनि कर्मचारीहरूको तत्कालको सक्रियतामा आगो नियन्त्रणमा ल्याउन सफल भएका उनले बताए।

प्रज्वलनशील पदार्थ भएको स्थानमा कम्पनीले पूर्व तयारी स्वरूप अग्नि नियन्त्रण उपकरणहरू राख्ने गरेको र कर्मचारीहरू एकजुट भएर प्रयास गरेका कारण आगो फैलिन नपाएको उनले बताए। नजिकै कर्मचारीहरू भएकाले ठूलो क्षति हुन नपाएको र ठूलो दुर्घटनाबाट जोगिएको हो।

 

कमेन्ट लोड गर्नुस