सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका विभिन्न बस्तीहरु सुकेका रुखका कारण जोखिममा

२०७६ असार २९, १०:१७ खबर संवाददाता

प्रदेशको अस्थायी राजधानी धनगढीका विभिन्न बस्तीहरु सुकेका रुखका कारण जोखिममा परेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ उत्तरबेहडीको सालघारी लगायतका क्षेत्रमा सुकेका रुखका कारण वरपरका वस्तीहरु जोखिममा परेका हुन्। सुकेका रुखका कारण ज्यान नै जोखिममा रहेको भन्दै स्थानीयले कटानीको माग गर्दै आएका छन्।

तर रुख कटानीको फाईल भने संघीय वन मन्त्रालयमा अड्किएको एक बर्ष बढि भएको छ। वन डिभिजन कार्यालय कैलालीका सुचना अधिकारी भीम ढकालले अहिले सम्म रुख कटानीका लागि अनुमती प्राप्त नभएको बताए। डिभिजन वन कार्यालयले नौ हजार ६ सय ९७ सुकेका रुख कटानीका लागि भन्दै फाईल वन मन्त्रालयमा पठाएको थियो। 

यसअघि स्थानिय वासिन्दाले पटक–पटक रुख कटानीका लागि निवेदन दिएका थिए। बर्षाै पुराना सुकेका सालका रुखहरु हावाहुरी तथा बर्षातको समयमा ढल्दै आएका छन्। रुख कटानीको प्रक्रियाका लागि धनगढी उप–महानगरपालिका वडा नम्वर ४ उत्तरबेहडीका जनताबाट रुपैया पनि संकलन गरिएको थियो। सालका रुख ढलेका कारण पटक–पटक विद्युतका तारहरु पनि चुडिने गरेका छन्।
 

कमेन्ट लोड गर्नुस