सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारीको महामाया फर्निचरमा आगलागी

२०८२ वैशाख ११, ०७:५४ खबर संवाददाता

धनगढीः कैलालीको कैलारीमा रहेको महामाया फर्निचरमा आगलागी भएको छ।

कैलारी गाउँपालिका-४ के गाउँमा सोही ठाउँकै ४० वर्षीय शंकर प्रसाद चौधरीले सञ्चालन गरेको फर्निचरमा बुधवार दिउँसो आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नाउव उपरीक्षक कविन्द्र बोहराका अनुसार फर्निचर उद्योगको इन्जिन तात्तिएर आगलागि भएको थियो। उनका अनुसार फर्निचर पूर्ण रुपमा जलेर नष्ट भएको छ। आगलागीबाट पाँच लाख बराबरको क्षति भएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस