सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जिप दुुर्घटना हुँदा महिला घाइते

२०८२ वैशाख ९, ०७:१० खबर संवाददाता

धनगढीः बझाङमा जिप दुर्घटना हुँदा एक महिला घाइते भएकछिन्।

जिल्लाको बुङगल नगरपालिका–११ पुतलिलेख डाडा स्थित बित्थड बाट हेमगाडा तर्फ गईरहेको से१ ज ९७८ नम्बरको जिप मङ्गलवार बिहान करिब ४ः३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

चालक सोहि ठाउँ बस्ने सन्जु बोहराले चलाएको जिप रोकि राखेको अवस्थामा एक्कासी ब्याग भई सडक बाट करिब ५० मिटर तल खसेको जनाइएको छ। दुर्घटनामा जिपमा सवार ३ जना मध्ये ३० वर्षीया गौमतीदेवी बोहरा घाईते भएको प्रहरीले जनाएको छ। बोहरालाइ प्राथमिक स्वास्थ्य केन्द्र देउलेखमा समान्य उपचार पछि थप उपचारका लागी डडेल्धुरा अस्पताल पठाइएको जनाइएको छ।

 

कमेन्ट लोड गर्नुस