सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका बजारमा नेपालमै प्रतिबन्धीत विषादी प्रयोग भएका खाद्य वस्तुको कारोवार

२०७६ असार २८, ०३:५२ रोशन भट्ट

सुदूरपश्चिमका बजारमा पाईने तरकारी तथा फलफूलमा सबैभन्दा बढी किटनासक तर्फको विषादी प्रयोग गरिदै आएको पाईएको छ। उत्पादनमा बृद्धि गर्ने भन्दै किटनासक तर्फको विषादी प्रयोग भईरहेको हो। प्रदेशसबारी पनि किटनासक विषादी प्रयोग गरिएका तरकारी तथा फलफुल उपभोग गर्दै आएका छन्। नेपालमा प्रतिबन्धीत विषादी प्रयोग गरेका तरकारी र फलफूल उपभोग गर्नुपर्ने बाध्यता समेत देखिएको परिक्षणबाट पुष्टि भएको छ।

भारतबाट आयात हुने तरकारी तथा फलफुलमा किटनाक तर्फको विषादी प्रयोग भईरहेको हो। स्थानीय उत्पादनमा समेत विषादीको प्रयोग बढ्दै गएकाले उपभोक्ता र कृषक दुवैको स्वास्थ्यमा असर पर्न थालेको छ। विशेष गरी तरकारी तथा फलफुलमा किरा र ढुसी मार्नको लागि किटनासक विषादी प्रयोग हुने गरेको भएपनि यसले नै मानव स्वास्थ्यलाई असर पार्ने गरेको अत्तरियामा रहेको प्रयोगशालाका प्रमुख तथा वाली संरक्षण अधिकृत जित बहादुर थापाले बताए।

नेपालमा प्रतिबन्धीत गरिएका विषादीमा किटनासकतर्फ डाइक्लोरोभस, कार्बोफ्युरान, ट्राइजोफस र कार्बारिल रहेका छन्। यस्तै ढुसीनासकतर्फ बेनोमिल पनि प्रतिबन्धीत विषादीको सूचीमा परेको भएपनि स्थानीय किसानले त्यसको प्रयोग गरिरहेको अत्तरियामा रहेको प्रयोगशालाका प्रमुख तथा वाली संरक्षण अधिकृत थापाले बताए।

भारतको कृषि एवं किसान कल्याण मन्त्रालयले समेत कार्बोफ्युरान, कार्बारिल र बेनोमिल विषादीलाई प्रतिबन्ध लगाएको भएपनि नेपाल भित्रिने खाद्यवस्तुमा भने प्रयोग भईरहेको छ। नेपालमा प्रतिबन्धीत विषादी प्रयोग गरेको तरकारी तथा फलफुल आयात, निर्यात नगर्ने निर्णय गरेको भएपनि कडाईका साथ लागु हुन नसकेको केन्द्रिय प्रयोगशाला काठमाडौंका वरिष्ठ वाली संरक्षण अधिकृत राजिवदाश राज भण्डारीले बताए।

मानव स्वास्थ्यलाई हानी गर्ने गरि तरकारी तथा फलफुलमा विषादी प्रयोग भईरहेको भएपनि सरकारले भने गरेकै निर्णय कार्यन्वयन गर्न सकिरहेको छैन। दैनिक जिवनमा आवश्यक पर्ने तरकारीमा नै स्वास्थ्यलाई असर पर्ने विषादी प्रयोग भईरहेको विज्ञहरुले बताईरहेका छन।

प्राय सबै विषादीले मानव स्वास्थ्यलाई हानी गर्ने भएपनि सबैभन्दा बढी क्षति किटनासक तर्फको विषादीले गर्ने गरेको भण्डारीले बताए। तरकारी र फलफूलमा कुन विषादीको प्रयोग भईरहेको विषयमा विभिन्न प्रयोगशालामा परिक्षण भएपनि कुन तरकारी र फलफूलमा बढि र कम विषादीको प्रयोग हुने गरेको छ भन्ने विषयमा कुनै पनि निकायसंग तथ्याङक छैन्। 

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस