एकदिने आँखा शिविरबाट चार सयभन्दा बढी लाभान्वित

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका– १२ कालागौँडीमा आज सञ्चालन गरिएको एकदिने आँख शिविरबाट चार सय सात जना लाभान्वित भएका छन्। गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन शिविरमा एक सय ४७ पुरुष र दुई सय ६० महिलाले सेवा लिएका छन्।
शिविरमा पुगेका ३३ जनामा मोतियाविन्दुको समस्या देखापरेको स्वास्थ्यकर्मी प्रकाश रानाले जानकारी दिए। मोतियाविन्दु देखापरेका बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क रूपमा शल्यक्रिया गरिने उनले बताए। शिविरमा आँखा जाँच गरिएकाहरूबाट पर्चाबापत २० र चश्माबापत दुई सयदेखि छ सय लिइएको थियो। यसअघि, नगर उपप्रमुख कल्पनाकुमारी जोशी (पन्त)ले उद्घाटन गर्नु भएको थियो।
