सुदूर नेपाललाई विश्वसँग जोड्दै

विषादी परिक्षणको व्यवस्था नहुँदा सुदूरपश्चिममा प्राणघातक रोगको समस्या बढ्दै

२०७६ असार २७, ०७:०९ रोशन भट्ट

भनिन्छ, स्वस्थ्य नै मानव जिवनको लागि सबै भन्दा ठुलो धन हो। तर करिव २८ लाख सुदूरपश्चिमवासी आफ्नो जिवनलाई वेवास्ता गरि भारतबाट आयात हुने विषात्त तरकारी तथा फलफुल उपभोग गर्न बाध्य छन। थोरै लगानीमा विषादी जाँच गर्ने प्रयोगशाला स्थापना गर्न सकिने भएपनि सरोकारवाला निकायको वेवास्ताका कारण लाखौँ सुदूरपश्चिमवासीको स्वास्थ्यमाथि खेलवाड भईरहेको छ। दैनिक प्रयोगमा आउने खाद्य वस्तु नै विषात्त हुदा पनि सरोकारवाला निकाय भने मौन छन।

चिकित्सकका अनुसार विषादीयुक्त फलफूल, तरकारी सेवनले मानव शरीरमा अल्पकालीन र दीर्घकालीन समस्या देखा पर्ने गरेको छ। सेती अस्पतालका फिजिसियन डाक्टर निराजन दत्त शर्मा पौडेलले विषादी प्रयोग गरेको खाद्यावस्तुहरु उपभोग गर्दा मानसिक असन्तुलन, श्वासप्रश्वासमा समस्या, झाडापखाला, पिसाबमा समस्या, छालामा संक्रमण, दीर्घकालीन रूपमा मुटु, कलेजो, मृगौलामा गम्भीर असर पर्नुका साथै क्यान्सर जस्ता प्राणघातक रोग लाग्ने गरेको बताए।

उनले बाँझोपन लगायत प्रजनन स्वास्थ्यसम्बन्धी समस्या निम्त्यीन सक्ने बताए। पछिल्लो पाँच वर्षको अवस्था हेर्दा यस्तै प्रकृतीका विरामीहरुको संख्या वर्षेनी बृद्धि हुदै गएको फिजिसियन डाक्टर शर्माले बताए। दैनिक उपभोग गर्ने खाद्य वस्तुमा विषादी परिक्षणको व्यवस्था नहुँदा सुदूरपश्चिममा प्रणघातक रोग समस्या बढ्दै गएको हो। विषादी प्रयोग गरेका तरकारी तथा फलफूलले मानव स्वस्थ्यलाई गम्भिर असर पार्ने भएकाले विषादी रहित पुष्टि नभएसम्म प्रयोग नगर्न चिकित्सकहरुले सुझाव पनि दिएका छन्। चिकित्सकहरुले प्राणघातक रोगबाट बच्न सीमा क्षेत्रका क्वारेन्टाइन कार्यालय तथा चेकपोस्टको संस्थागत क्षमता अभिवृद्धि गरी प्रयोगशाला स्थापना गर्न आवश्यक देखिएको बताएका छन्। 

कृषि उत्पादन अभिवृद्धि गरि व्यवसायीक कृषि गर्नको लागि सन १९४० देखि संयुत्त राज्य अमेरिकाले आवश्यकताको परिचान गरि कृषि उत्पादनमा विषदी प्रयोग गर्न सुरु गरेको थियो। विषादी प्रयोग गर्दा उत्पादनमा बृद्धि भएपछि अमेरिकाको सिको गर्दै विश्वका अन्य देशहरुले पनि विषादी प्रयोग गर्न सुरु गरेका थिए।

विषादी प्रयोगले बेमौसमि कृषि उत्पादनलाई समेत टेवा पुग्ने भएकाले अधिकासं किसानहरुले विषादी प्रयोग गर्ने गरेको पाईएको छ। आवश्यककता भन्दा बढी विषादी प्रयोग हुदा उपभोग गर्ने उपभोत्तालाई मात्र नभई कृषि उत्पादन गर्ने किसानलाई समेत असर परिरहेको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस