सुदूर नेपाललाई विश्वसँग जोड्दै

अदालतको आदेशपछि रिहा भएका विप्लव कैलालीका विद्यार्थी नेता पुनः पक्राउ

२०७६ असार २७, ०७:०४ कमल सावद

सर्वोच्च अदालतले आदेश दिएपछि रिहा भएका विप्लव समूह कैलालीका विद्यार्थी नेता बबरजंग सिंह फेरी पक्राउ परेका छन्। शुक्रबार सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि कैलाली जिल्ला अदालतले रिहा गरेको थियो। रिहा गरेपछि कैलाली प्रहरीले अदालत परिसरबाटै पक्राउ गर्न खोजेपनि उनी भागेका थिए। उनलाई प्रहरीले जुगेडाबाट पक्राउ गरेको हो। जिल्ला अदालतबाट मोटरसाईकलमा गएका सिँह जिल्ला प्रशासन, पूर्व एमाले पाटी कार्यालय, धनगढी गाँउ हुदै जुगेडा पुगेका थिए। उनलाई प्रहरीका मोटरसाईकल, जीपहरुले पछ्याएका थिए। तर अहिले सम्म कैलाली प्रहरीले उनलाई पक्राउ गरेको आधिकारीक जानकारी दिएको छैन्। 
यसअघि बैशाख २७ गते पक्राउ परेका सिंहलाई कैलाली जिल्ला अदालतले पाँच लाख धरौटीमा छोड्न आदेश दिएको थियो। तर धरौटी नबुझाएर कारागार चलान भएका सिंहले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए। सर्वोच्च अदालतले आज विना कारण उनलाई पक्राउ गरिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको थियो।
अदालतले थुनामुक्त गर्न आदेश दिएर पनि पुनः पक्राउ गरिएको भन्दै सिंहले राज्यले नाङ्गो नाच देखाएको तर्क गरे। प्रहरीले पक्राउ गर्दै झुटा मुद्दा लगाउने गरेको उनले बताए। सिंह बिरुद्द कैलाली प्रहरीले राजद्रोह र संगठित अपराधको मुद्दा चलाएको थियो।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस