सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको हरैया शिविरका घर टहरामा आगो लगाईयो

२०७६ असार २७, ०१:५२ खबर संवाददाता

कैलालीको हरैया शिविरमा रहेका घर टहरामा आगो लगाईएको छ। विहिबार मात्र घर टहरा हटाउनको लागि नेकपाका कार्यकर्ता परिचालन गरिएकोमा आज घर भत्काउदै आगो लगाईएको हो। आगो लगाउन पनि तत्कालिन माओवादी निकट वाईसियलका युवाहरु परिचालन गरिएको छ। गोदावरी नगरपालिका वडा नम्बर ६ मा रहेको हरैया शिविरका संरचनामा आगो लगाउन अत्तरियाबाट पूर्व वाईसिएलमा आवद्ध युवाहरु त्यहाँ पुगेका हुन।

हात हातमा लाठी समातेर युवाहरू घर भत्काउदै आगो लगाईरहेका छन। हरैयाका सुकुम्बासीलाई उठाएर धनगढी उपमहानगरपालिका–१७ स्थित धुरझन्नामा राखिएको थियो। तर त्यहाँ व्यवस्थापन राम्ररी नगरिएको भन्दै केही फेरी हरैया फर्किएका थिए भने कतिपय हरैयामै बसिरहेका थिए। ९१ परिवारको बसोवास धुरझन्नामा रहेको छ भने ४८ परिवार हरैयामै बस्दै आएका छन। हरैयामा सुकुम्बासी बसेको जग्गा खरिद गर्ने सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रालि पोखराले धुरझन्नामा ५९ कट्ठा जग्गा किनेर उनीहरुलाई व्यवस्थापन गरेको दावी गर्दै आएको छ। उनिहरुलाई तत्कालीन माओवादीले २०६१ सालमा सो शिविरमा राखेको थियो। तर शिविरबाट हटाउन पनि माओवादीकै नेताको सङ्लनता रहेको आरोप लाग्दै आएको छ।

कमेन्ट लोड गर्नुस