सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमै कानुन विषयको पढाई हुने

२०७६ असार २६, ०६:५२ खबर संवाददाता

धनगढीमै कानून विषयको पढाई सुरु हुने भएको छ। धनगढी उप–महानगरपालिकाको वडा नम्बर २ मा रहेको क्रिसियन्ट सिटी स्कुलमा चालु शैक्षिक सत्रबाट कानुन विषयको पढाई सुरु हुने भएको हो। अभिभावकको माग अनुसार कानुन विषयको अध्ययन सुरु गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ।

क्रिसियन्ट सिटी स्कुलमा व्यवस्थापन संकाय, होटेल म्यानेजमेन्टको पढाई यस अघि नै सुरु भईसकेको भएपनि यस वर्षबाट कानुन विषयको समेत पढाई सुरु गरिन लागेको विद्यालय  संञ्चालक समितिका अध्यक्ष नारायण जोशीले बताए। उनले नयाँपुस्ताका युवाहरुलाई कानुनको धेरै जानकारी नभएकाले कानुनको पढाई सुरु गर्न लागिएको बताए। उनले सुदूरपश्चिममै पहिलो पटक कानुन विषयको पढाई आफ्नो विद्यालयले सञ्चालन गर्न लागेको दावी गरे। 

एसईई उत्तिर्ण भएपछि युवाहरु अपराधिक क्रियाकलापमा सक्रिय भएका वेला कानुन विषयको पढाई सुरु भएसंगै अपराधिक क्रियाकलाप न्युनिकरणमा समेत टेवा पु¥याउने विद्यालयका प्रिन्सीपल तीर्थराज फुलाराले बताए। उनले कानून विषय अध्ययन गर्नको लागि एसईईमा अगे्रजी, नेपाली र सामाजिकमा डि प्लस भन्दा उच्च जिपिए ल्याएर अन्य विषयको नतिजा जस्तो भएपनि हुने बताए। 
 

कमेन्ट लोड गर्नुस