सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाठेघर खस्ने समस्याले झस्कायोः उपमेयर भट्ट

२०७६ असार २६, ०६:२८ खबर संवाददाता

धनगढी उप–महानगरपालिकाकी उपमेयर सुशिला मिश्र भट्टले महिलाहरुमा देखिएको पाठेघर खस्ने समस्याले आफुलाई झस्काएको बताएकी छिन्। धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको मातृत्व तथा पेरिनेटल मृत्यू सम्वन्धी नगरस्तरीय अभिमूखीकरण कार्यक्रममा उपमेयर भट्टले यस्तो धारणा राखेकी हुन्। ‘सुरक्षित मातृत्व सम्वन्धी चेतनाको अभावले गरिव र बिपन्न महिलाहरु पाठेघर खस्ने समस्याबाट ग्रसित रहेका छन्,’ उप–प्रमुख भट्टले भनिन्, ‘यसका लागि सबै तहबाट जनचेता फैलाउने किसिमका कार्यक्रम संचालन गरिनुपर्छ।’

उनले वडा अध्यक्ष लगायत सबै जनप्रतिनिधीहरुलाई यस सवालमा गम्भीर भएर काम गर्न आग्रह गरिन्। ‘महिलाहरुका लागि बच्चा पाएको ४२ दिनको अवधी निकै संवेदनशिल हो’ उप–प्रमुख भट्टले भनिन्, ‘यस अवधीमा महिलालाई शरिरमा आवश्यक पर्ने पोषिलो खानेकुरा आवश्यक पर्दछ।’
 

कमेन्ट लोड गर्नुस