सुनको भाउ तोलामा सात सय रुपैयाँले घट्यो

काठमाण्डौः आज सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ।
सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर एक लाख ७३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।गएको बिहिवार सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख ८० हजार तीन सय रुपैयाँ पुगेको थियो। त्यसयता सुनको भाउ लगातार घटिरहेको छ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ। चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर एक हजार आठ सय ३० रुपैयाँमा कायम भएको महासङ्ले जनाएको छ। हिजो चाँदी तोलाको एक हजार आठ सय रुपैयाँ कायम भएको थियो।


