तरकारी र फलफूल विषादी परिक्षण बिना आयात नगर्न धनगढी ग्यालरीको माग

२०७६ असार २६, ०४:२९
अ+

विभिन्न सामाजिक कार्यमा सक्रिय धनगढी ग्यालरीले विदेशी मुलुकबाट विषादी परिक्षण गरेर मात्रै तरकारी र फलफूल आयात गर्न माग गरेको छ। आज सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउँदै ग्यालरीले भन्सार विन्दुमा प्रयोगशालाको स्थापना गर्दै विषादी परिक्षणको व्यवस्थाप मिलाउन माग गरेको हो। 
बिषादी परिक्षण बिना आयात भईरहेको तरकारी र फलफूलका कारण जनस्वास्थ्यमाथि गम्भिर असर परिरहेको भन्दै भन्सार विन्दुमा आवश्यक पुर्वधार र दक्ष जनशक्ति व्यवस्थापन गरि विषादी परिक्षणका लागि मन्त्रीपरिषद्ले गरेको पुरानो निर्णय कार्यान्वयन गर्न माग गरिएको हो। ग्यालरीले सर्वच्चो अदालतले विषादी परिक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको स्वागत समेत गरेको छ। ज्ञापनपत्र बुझदै मुख्यमन्त्री भट्टले बिषादी परिक्षणका लागि प्रयोगशाला निर्माण गर्न प्रदेश सरकारले पहल गरिरहेको बताए।