सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछानेलाई थुनामा पठाउन अदालतको आदेश 

२०८१ चैत्र २२, ०७:५६ खबर संवाददाता

काठमाडौंः उच्च अदालत तुलसीपुरले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी यमप्रसाद बास्कोटाले छविलाल जोशीको हकमा भने जिल्लाको आदेश सदर गरेको बताए। छविलाललाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

रवि र पूर्वडीआईजी जोशीको मुद्दाको उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा बहस भएको थियो। बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनीहरुविरुद्धको मुद्दा उच्च अदालतमा छ।
 

कमेन्ट लोड गर्नुस