सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट एक अभियुक्त हतकडी सहित फरार

२०७६ असार २६, ०३:२८ खबर संवाददाता

धनगढी–लागुऔषध ओसार पसारमा संलग्न भनिएका एक अभियुक्त हतकडी सहित फरार भएका छन्। जिल्लाको टिकापुरबाट म्याद थप गर्न सरकारी वकिल कार्यालय धनगढी ल्याईएका अभियुक्त विक्रम चौधरी हतकडी सहित फरार भएका हुन्। उनी सरकारी वकिल कार्यालयकै परिसरबाट फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चौधरी खक्रौला नाकाबाट एक ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीले उनको खोजी जारी रहेको बताए। 
 

कमेन्ट लोड गर्नुस