सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेल दुर्घटना हुंदा पाकिस्तानमा १० जनाको मृत्यु, ६६ भन्दा बढी घाइते

२०७६ असार २६, ०२:११

पाकिस्तानमा दुईवटा रेल एकआपसमा ठोक्कींदा १० जनाको मृत्यु भएको छ भने ६६ जनाभन्दा बढी घाइते भएका छन्। लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो (क्रसिङ) मा रोकिराखेको सामान ढुवानी गर्ने रेल बिहीबार विहान  पंजाब प्रान्तको रहिम यार खानमा एकआपसमा जुधेको पाकिस्तानी अधिकारीले बताएका छन्।

दुर्घटनास्थलबाट कम्तीमा दश जनाको शव बाहिर निकालिएको र ६६ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको स्थानीय प्रहरी अधिकृत ओमार सलामतले जानकारी दिएका छन्। उनका अनुसार घाइतेहरुलाई उपचारका लागि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको छ। पाकिस्तानी रेलमन्त्री शेख रसिद अहमदले घटनाको छानबिन गर्न अनुसन्धान टोली गठन गरिएको जानकारी दिएका छन्।

कमेन्ट लोड गर्नुस