सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट फरार प्रतिवादी पक्राउ

२०८१ चैत्र १६, ०९:३२ खबर संवाददाता

धनगढी : कञ्चनपुर प्रहरीले फरार प्रतिवादी पक्राउ गरेको छ। कञ्चनपुर जिल्ला अदालतले लागुऔषध मुद्दामा १० महिना कैद सजाय तोकेका २७ वर्षीय दीपक जोशीलाई प्रहरीले पक्राउ गरेको हो।

भीमदत्त नगरपालिका–१० का जोशीलाई २०८१ फागुन ३० गते जिल्ला अदालतले कैद सजाय तोकेको थियो। उनी फरार रहेका थिए। शुक्रवार उनलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।

 

कमेन्ट लोड गर्नुस