सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका राजु परियारको शल्यक्रिया गर्न ३४ हजार सहयोग

२०८१ चैत्र १४, ०६:५९ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीका राजु परियारको शल्यक्रिया गर्न ३४ हजार ६ सय रुपैया सहयोग गरिएको छ।

वनदेवी मन्दिर व्यवस्थापन समितिले उनको खुट्टाको शल्यक्रियाका लागि ३४ हजार ६ सय ३५ रुपैयाँ सहयोग गरेको हो। समितिले विभिन्न व्यक्तिबाट रकम सङ्कलन गरेर सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ भन्सार रोड (धनगढी फन सिटी) अगाडी कोठा भाडामा बस्दै आएका राजुको खुट्टाको शल्यक्रिया गर्नुपर्ने छ। तर, आर्थिक अभावका कारण उनले शल्यक्रिया गर्न पाएका छैनन।

राजु परियारको खुट्टाको औलो २०७२ सालमा खराब भएपनि काटिएको थियो। फेरि अन्य औलाहरूमा पनि नसाका कारण समस्या देखिएको हो। खुट्टाको नसाहरूमा रगत जाम भएको छ। शल्यक्रियाका लागि मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले बोलाएको छ। तर, राजुसँग आर्थिक अभाव भएकाले उनी गएका छैनन्। उनले सहयोगका लागि गिता नेपालीको मुक्तिनाथ विकास बैँक, धनगढीको खाता नम्बर ०७२२२३०१२५००३५००००० मा रकम जम्मा गरिदिन भनेका छन्।

 

कमेन्ट लोड गर्नुस