आज तोलामा २ सयले बढ्यो सुनको भाउ

काठमाडौंः आज सुन तोलामा २ सयले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन प्रतितोलामा २ सय रुपैयाँले बढेर एक लाख ७३ हजार पाँचसय रुपैयाँ कायम भएको छ। यसअघि मंगलवार सुनको भाउ एक लाख ७३ हजार तीनसय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। मंगलवार तोलाको एक हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलामा एक हजार ९९० रुपैयाँ भएको महासंघले जनाएको छ।
