सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आगलागीबाट २ घर जलेर नष्ट

२०८१ चैत्र १०, ०५:३५

धनगढी: कैलालीको धनगढीमा २ घर र एक गोठमा आगो लागेको छ।

धनगढी उपमहानगरपालिका–१६ आमबारीका र्हकबहादुर रामजाली मगर, विकास विकको घर तथा सरु विकको गोठमा ओगो लागेको हो। प्रहरीले आइतवार दिउँसो आगलागी हुँदा तीन जनाको पाँच लाख बराबरको क्षति भएको बताएको छ। प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। प्रहरीले आगो लाग्नुको कारणको विषयमा अनुसन्धान जारी हरेको बताएको छ।

 

कमेन्ट लोड गर्नुस