सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा स्वास्थ्य शिविर सञ्चालन गरिने

२०८१ चैत्र १०, ०२:५८ खबर संवाददाता

बैतडीः बैतडीको पुर्चौंडीमा वास्थ्य शिविर सञ्चालन गरिने भएको छ।

पुर्चौंडी नगरपालिकाको आयोजना र बैतडी समाज कैलालीको प्राविधिक सहयोगमा बिशेषज्ञ सेवासहित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो। वैशाख ५ देखि ७ गतेसम्म शिविर आयोजना हुने पुर्चौंडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए।

नगरबासीहरुलाई बिशेषज्ञसहितको स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजनाको तयारी भएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए। बैतडी समाज कैलालीले हरेक बर्ष निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र वैशाखमा पुर्चौंडीमा शिविर सञ्चालनको तयारी भएको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए।

शिविर सञ्चालनका लागि पुर्चौंडी नगरपालिका र बैतडी समाज कैलालीबीच सम्झौता भएको छ। शिविरमा सबै प्रकारका रोगहरुको निदानका लागि बिशेषज्ञ चिकित्सकहरुले सेवा दिने बताइएको छ।
 

कमेन्ट लोड गर्नुस