सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर नेपाल संस्कृति सेवा समाजको साधारण सभा सम्पन्न

२०८१ चैत्र ९, ०७:०८ खबर संवाददाता

धनगढी: सुदूर नेपाल संस्कृति सेवा समाजको चौथो साधारण सभा सम्पन्न भएको छ।

शनिवार धनगढीमा साधारण सभा सम्पन्न भएको हो। प्रदेश प्रमुख नजिर मियाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारण सभाबाट हेम अधिकारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन भएको छ। समाजको वरिष्ठ उपाध्यक्षमा डिल्लीराम मिश्र, उपाध्यक्षमा दिव्यराज लम्साल, महिला उपाध्यक्षमा लिला तिमिल्सिना पोखरे, महासचिवमा झुम अधिकारी, सचीवमा मनोज दाहाल र कोषाध्यक्षमा त्रिलोचन उपाध्याय चयन भएका छन्।

यस्तै, सदस्यहरूमा तेजप्रसाद भण्डारी, जगन्नाथ बुढाथोकी, अन्जु खतिवडा, गोमा भट्टराई, बलराम धमला, अग्निप्रसाद दवाडी, टेकनाथ अधिकारी र कमल खनाल चयन भएका हुन्। सुदूर नेपाल संस्कृति सेवा समाजले स्थापना कालदेखि नै धनगढीमा विभिन्न सामाजिक कामहरू गर्दै आएको छ। साधारण सभाको अवसरमा ३१ जनाले रक्तदानसमेत गरेका हुन्।

कमेन्ट लोड गर्नुस