धनगढीको कपडा बैँकलाई ६९ थान कपडा सहयोग

२०८१ चैत्र ९, ०५:३१
धनगढीः धनगढीको कपडा बैँकलाई ६९ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको कपडा बैँकलाई कपडा सहयोग गरिएको हो। धनगढी उपमहानगरपालिका–७ मोतिचोकका अमर सिंह विश्वकर्माले ६९ थान कपडा सहयोग गरेका बैँकले बताएको छ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको परिवारको लगानीमा सञ्चालन गरिएको कपडा बैँकले निःशुल्क कपडा वितरण गर्दै आएको छ। कपडा भएकाहरूले बैँकमा दिने र नभएकाहरूले बैँकबाट लिदै आएका छन्।




कमेन्ट लोड गर्नुस