सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको प्रमुख जिल्ला अधिकारीमा ठकुराठी

२०८१ चैत्र ८, ०३:१९ खबर संवाददाता

बझाङ्ः बझाङको प्रमुख जिल्ला अधिकारीका रुपमा कैलाश ठकुराठीलाई पठाईएको छ।

यसअघिका प्रमुख जिल्ला अधिकारी (सिडियो) ओम प्रकाश भट्टराईको गृह मन्त्रालयमा सरुवा भएसँगै डडेल्धुरा घर भएका ठकुराठीलाई बझाङ पठाईएको हो। गृह मन्त्रालयको हालैको निर्णयअनुसार भट्टराईलाई सिंहदरबारस्थित मन्त्रालयमा तानिएको हो। उनको स्थानमा मन्त्रालयमै कार्यरत ठकुराठीलाई बझाङ पठाइएको छ। नयाँ सिडियोका रूपमा बझाङ आउने ठकुराठीले जिल्लामा प्रशासनिक नेतृत्वलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।

कमेन्ट लोड गर्नुस