सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेनलाई सुरक्षा नदिए रुसले युद्ध विराम उल्लङ्घन गर्ने बेलायतको आशङ्का

२०८१ चैत्र ८, ०१:०१

एजेन्सीः बेलायती प्रधानमन्त्री किअर स्टार्मरले युक्रेनलाई सुरक्षा नदिए रुसले कुनै पनि बेला युद्ध विराम उल्लङ्घन गर्ने आशङ्का व्यक्त गरे।

उनले युक्रेनलाई सुरक्षित नबनाए रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि समय युद्ध विराम भङ्ग गर्न सक्ने आशङ्का व्यक्त गरेका हुन्।उनले रुस र युक्रेनको बीचमा भइरहेको युद्ध रोक्न शान्ति सम्झौता गरेर पूर्ण रूपमा कार्यान्वयन गर्दै सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा जोड दिनुभएको हो।

बेलायतमा २० भन्दा बढी देशका प्रतिनिधि भेला भएर युक्रेनको सुरक्षाका लागि सेना तयार गर्न गरेको छलफलमा स्टार्मरले यस्तो बताउकोे बीबीसीले जनाएको छ। युद्ध विराम उल्लङ्घन गरेमा आफूलाईसमेत अप्ठेरो पर्ने कुरा रुसले महसूस गर्नु आवश्यक रहेको उहाँले बताए।\

बेलायतमा अहिले भइरहेको सैन्य छलफल युक्रेनलाई कसरी सीमा, आकाश र समुद्रमा नै सुरक्षित राख्ने भन्ने विषयमा केन्द्रित भएको स्टार्मरको भनाइ छ। बेलायतले यसअघिदेखि युक्रेनमा सेना पठाउन सक्ने बताउँदै आएको छ।
 

कमेन्ट लोड गर्नुस