सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको कान्द्रा नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा

२०८१ चैत्र ८, ११:३१ खबर संवाददाता

कैलालीः कैलालीको कान्द्रा नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ।

वर्षायाममा कान्द्रा नदीले बर्सेनि सयौँ हेक्टर जमिन कटान गरेपछि पाँच  करोडको लागतमा प्रारम्भ भएको तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको हो। जिल्ला जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार नदी किनारका विभिन्न खण्डमा ८३० मिटर तटबन्ध  र पाँच वटा स्पर निर्माण अन्तिम चरणमा पुगेको हो।

भजनी नगरपालिका–९ काँडामा २१६, वडा नं ४ धनौरामा २१६ र वडा नम्बर ४ धनौरामा २१६ मिटर तटबन्धको काम अन्तिम चरणमा पुगेको उक्त कार्यालयका सूचना अधिकारी टेकराज विनाडीले बताए। सैगरी, गौरीगङ्गा नगरपालिका–९ मा १२२ मिटर, घोडाघोडी नगरपालिका–११ को सिसैयामा ६० मिटर तटबन्धको काम सम्पन्न भएको छ।

सो वडाको वडा नं ११ मा तीन र १२ मा दुई गरी पाँच वटा स्पर निर्माण सम्पन्न भएको छ। तटबन्धनपछि उर्बर भूमि संरक्षण हुनका साथै नदी किनाराका बस्ती जोखिमयुक्त हुनेछन्। 

कमेन्ट लोड गर्नुस