सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दुई युवक र दुई युवती लागूऔषधसहित पक्राउ

२०८१ चैत्र ८, ०७:३७ खबर संवाददाता

धनगढीः धनगढीमा दुई युवक र दुई युवती लागूऔषधसहित पक्राउ परेका छन्।

लम्कीचुहा नगरपालिका ९ घर भई हाल धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रेनुका चौधरी र १८ वर्षीया किशोरीलाई लागूऔषधसहित बिहीवार पक्राउ गरिएको हो। यी दुबै युवतीलाई १ ग्राम ३० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन्।

यस्तै धनगढी उपमहानगरपालिका–३ फिस रिसोर्ट नजिक सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–०२ प ०१४० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालकले हेल्मेट भित्र लुकाइ छिपाइ राखेको अबस्थामा चालक बोराडाँडी बस्ने २४ वर्षीय श्यामलाल राना र मोटरसाइकल पछाडी सवार गोदावरी नगरपालिका–६ बस्ने २१ वर्षीय रवी चौधरी पक्राउ परेका छन्।

यी दुबै युवकलाई १५० मिलिग्राम खैरो हेरोइन र मोटरसाईकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ। यी चारै जनालाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस