सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट बझाङकी एक महिला चरेशसहित पक्राउ

२०८१ चैत्र ७, ०७:३६ खबर संवाददाता

धनगढीः कैलालीबाट बझाङकी एक महिला चरेशसहित पक्राउ परेकी छिन्।

कैलालीको गोदावरी नगरपालिका–९ बिजुलियाबाट बझाङको केदारस्यु गाउँपालिका घर भई हाल गोदावरी नगरपालिका–९ बिजुलिया बस्ने ४५ वर्षकी महिला गौरी गुरुधामी पक्राउ परेकी हुन्। गुरुधामीलाई २५० ग्राम चरेशसहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस