सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा २१ वर्षीया महिलालाई करणी गरेको आरोपमा युवक पक्राउ

२०८१ चैत्र ६, ०३:०० खबर संवाददाता

कैलालीः कैलालीको धनगढीमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१२ जुगेडा बी गाउँ बस्ने २४ वर्षीय राजेश बिष्टले सोहि ठाउँ बस्ने २१ वर्षीया महिलालाइ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका बिष्टमाथी जिल्ला प्रहरी कर्यालय कैलालीमा जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गरी थप प्रकृया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले बताए।

 

कमेन्ट लोड गर्नुस