कैलालीमा एक वृद्ध मृत फेला

२०८१ चैत्र ५, ०७:२३
धनगढी : कैलालीमा एक वृद्ध मृत फेला परेका छन।
जिल्लाको घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा वृद्ध मृत फेला परेका हुन। प्रहरीले रतिपुर जाने बाटोको नजिक जङ्गलमा घोडाघोडी नगरपालिका–९ रतिपुरका ७० वर्षीय नौले बुढा मृत फेला परेका बताएको छ। उनी मङ्गलवार मृत फेला परेका हुन। घटनाको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ।




कमेन्ट लोड गर्नुस