सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अत्तरिया ६ लेन सडकको बर्षातका कारण दुर्दशा

२०७६ असार २३, ०७:४६

बर्षात सुरु भएसंगै मोहनापुल–अत्तरिया ६ लेन सडकको दुर्दशा भएको छ। निर्माण अवधी सकिएपनि अहिले सम्म आधा समेत भौतिक प्रगती नभएको अवस्थामा पानी परेपछि सडक हिलाम्य भएर आवतजावतमै सास्ती भईरहेको छ। सडकमा निर्माण भइरहेको कल्भडमा गाडीहरु फस्ने गरेका छन्। आज मात्र धनगढी चौराह नजिक भारतीय नम्बरको गाडी फसेपछि यातायात अबरुद्ध भएको थियो। निर्माण पूर्ण नभएको कल्भडमा माटा मिसिएको ग्रावेल हालिएपछि गाडी फसेको हो। अहिले साझबाट भने यातायात सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख अनिल कुमार उप्रतीले बताए।

 

कमेन्ट लोड गर्नुस