सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार डम्मरबहादुर बम नियुक्त

२०८१ चैत्र ४, ०१:५५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रेस सल्लाहकारमा पत्रकार डम्मरबहादुर बम नियुक्त भएका छन्।

मुख्यमन्त्री शाहले आज उनलाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्। प्रेस युनियनको नेतासमेत रहेका बमले राजनीति र व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गर्नुभएको छ। उनीँ २०६२ सालदेखि पत्रकारितामा आबद्ध छन्। विगतमा धनगढी पोस्ट, अनुमोदन दैनिक लगायतका सञ्चार माध्यममा काम गरेका बम पछिल्लो समय न्युज दैनिकमा कार्यरत छन्।
 

कमेन्ट लोड गर्नुस