कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ

२०८१ चैत्र ३, ०२:०१
धनगढी : कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ बाट लागुऔषधसहित २१ वर्षीय प्रभाष शाही पक्राउ परेका हुन।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई तीन ग्राम ६७० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो। जिल्लाको वेदकोट नगरपालिका–७ का शाही शनिवार दिउँसो पक्राउ परेका प्रहरीले बताएको छ।




कमेन्ट लोड गर्नुस