कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ
धनगढी : कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ बाट लागुऔषधसहित २१ वर्षीय प्रभाष शाही पक्राउ परेका हुन।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई तीन ग्राम ६७० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो। जिल्लाको वेदकोट नगरपालिका–७ का शाही शनिवार दिउँसो पक्राउ परेका प्रहरीले बताएको छ।