सप्तरीमा छुरा प्रहारबाट दुई जना घाइते

सप्तरीः राजविराज नगरपालिका–७ सिरहा रोडमा छुरा प्रहारबाट दुई जना घाइते भएका छन्। बुधवार साँझ ७ बजे उनीहरुमाथि छुरा प्रहार भएको हो।
घाइते हुनेहरुमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ ब्रहपुरका २२ वर्षीय सुभाष यादव र २६ वर्षीय सुनिल यादव रहेका छन्। एक्कासी उनीहरुमाथि छुरा प्रहार गरेर भागेको स्थानीयको भनाइ उदृत गर्दै प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवाडाले बताए। छुरा प्रहारबाट दुबै जनाको पेटमा प्वाल परेको छ।
घाइते दुवै जनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भईरहहेको एसपी खतिवडाले जानकारी दिए। घटनामा संलग्नहरुको खोजी गरिरहेको एसपी खतिवडाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



