साफ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक
काठमाडौँः भारतमा आयोजना हुने साफ यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र भारत एकै समूहमा परेका छन्।
काठमाडौँको सोल्टी होटलमा आज आयोजित एक कार्यक्रम सार्वजनिक गरिएको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको हो। नेपालको समूहमा भारतसँगै श्रीलङ्का छ।
त्यस्तै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र साविक विजेता बङ्गलादेश छन्। यस प्रतियोगितामा पाकिस्तान भने सहभागी हुने छैन। भारतको अञ्चल प्रदेशमा हुने उत्त प्रतियोगिता अगामी मे ९ देखि १८ तारिखसम्म हुने तय भएको छ।