सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य तोलामा नौ सयले बढ्यो

२०८१ फाल्गुन २१, १२:०४ खबर संवाददाता

काठमाडौँः सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ।

मंगलबार प्रतितोला १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज ९ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलामा १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो। 

कमेन्ट लोड गर्नुस