सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भजनीमा काठेपुल जीर्ण हुँदा आवागमनमा समस्या

तस्बिरः जयप्रसाद ढुङ्गाना
तस्बिरः जयप्रसाद ढुङ्गाना
२०८१ फाल्गुन १९, ०३:३२ खबर संवाददाता

धनगढीः कैलालीको भजनीमा नगरपालिकामा दुई वटा काठेपुल जीर्ण भएपछि स्थानीयलाई आवागमनमा समस्या भएको छ । 

वडा नम्बर ८ काँढाढिकस्थित गैरी नाला र वडा नम्बर ३ कुसुमघाटस्थित राप्ती नालाको काठेपुल जीर्ण भएपछि स्थानीयलाई ओहोरदोहोर गर्न समस्या भएको हो । दुवै नालामा पक्की पुल नभएपछि काठेपुल बनाएर विभिन्न गाउँका बासिन्दा आउजाउ गर्दै आएका छन्। 

गैरीनालाको पुल जीर्ण भएपछि काँढाढिकमा रहेको कालिका आधारभूत विद्यालयका विद्यार्थीलाई आउजाउ गर्न निकै समस्या भएको बताइएको छ। नालामा पानी भएको बेला विद्यार्थीलाई साह्रै समस्या हुने गरेको विद्यालयकी शिक्षिका राधा घिमिरेले बताए। जिल्लामा सबैभन्दा बढी डुबान हुने भजनी नगरपालिका–८ का बासिन्दाले पक्की पुल नभएका कारण २० वर्षदेखि काठेपुल प्रयोग गर्दै आएका छन्। 

यसै गरी वडा नम्बर ३ को कुसुमघाटस्थित राप्ती नालामा भने पालिकाले यसै वर्षबाट करिब ४५ लाख रुपियाँमा पुल निर्माणको काम थाल्ने नगरप्रमुखले चौधरीले बताए। उनले क्रमागत योजना अन्तर्गत दुई वर्षमा पुल निर्माण हुने गरी काम थाल्ने बताए।    

कमेन्ट लोड गर्नुस