सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ

२०८१ फाल्गुन १९, ०७:२२ खबर संवाददाता

धनगढीः धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१२ घले चोकबाट सोही ठाउँ बस्ने २८ वर्षीय किशोर जोशी, धनगढी उपमहानगरपालिका–१० बस्ने ३५ वर्षीय जगदिश राना र धनगढी उपमहानगरपालिका–९ बस्ने २८ वर्षीय भिम नाथ योगी लागूऔषधसहित पक्राउ परेका छन्। २६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) र १ थान खुकुरीसहित तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस