सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराकी सम्झाना श्री–सुरिलो स्वर, गायीका बन्ने रहर

२०७६ असार २१, ०४:०३

बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ कि सम्झाना श्री, उमेरले १६ बर्षमा लागेकी छिन्। तर १६ बर्षको कलिलो उमेरमै उनले पाएको दुखकष्टको सुची भने धेरै लामो बन्छ। राम्रोसंग सम्झना पनि छैन् उनलाई, जव बुवा र आमाको डिभोर्स भयो। काखमा खेल्ने उमेरमा बुवाले दोश्रो विवाह गरेर छोडेर गएपछि सम्झना आमासंगै मामा घर फर्किन। घर नजिकै रहेको बाउली खोलामा गिट्टी कुट्दै आमाले पालनपोषण गरेको कुरा सुनाउँदा सम्झानाको आखाभरी आँसु भरिन्छ। उनी भन्छिन्–विद्यालयमा विदा भएको दिन आमासंगै गिट्टी कुटे। 

१६ बर्षको उमेरमै थुप्रै दुखकष्ट पाईसकेकी सम्झना श्री केही दिन अगाडी मात्रै सपनाको सहर काठमाडौँ गएकी छिन्। घरमा काठमाडौँका लागि आमासंग विदाईका हात हल्लाउँदा काधमा ठुलो जिम्मेवारी पनि थियो उनको। ६ कक्षादेखि नै आफ्नो सुरिलो स्वरले गाउँलेलाई लठ्ठ बनाउँदै आएकी सम्झनाले अव उक्त स्वरको जादु देशभरी नै फैलाउने लक्ष्य राखेकी छिन्। सोही लक्ष्य बोकेर ठुलीआमाका छोरा राजेश कुमारको सहयोगले उनी अहिले काठमाडौँ गएकी छिन्। 

चार बर्ष अगाडी पहिलो पटक मालिका माविमा कक्षा ६ मा अध्ययनका क्रममा उनले गीत गाएकी थिईन्। पहिलो पटक गीत गाउँदा नै उनको स्वर धेरैले मन पराए। सोही विद्यालयमा उनका बुवाले पनि पढाउँथे। आमासंग डिभोर्स भईसकेका कारण धेरै कुराकानी भने नहुने गरेको उनले बताईन्। ‘तरपनि मेरो स्वर बुवालाई पनि मन परेको थियो,’ उनले भनिन्, ‘गायीका बन्ने मेरो लक्ष्यमा बुवाले पनि सहयोग गर्नुभएको छ।’ 

एसईई दिएर गायीका बन्ने लक्ष्यका साथ काठमाडौँ गएकी सम्झनाले अहिले सम्म गीत रेकर्ड गर्ने अवसर भने पाएकी छैनन्। उनको स्वर धेरैले रुचाएका छन्। १६ बर्षको उमेरमै परिपक्क स्वर भएका कारण उनलाई संगीत स्टुडीयो भित्र पस्नका लागि धेरै पर्खिनुपर्ने अवस्था भने छैन्। तर काठमाडौँमा उनलाई सहयोग गर्दै आएका राजेन्द्र पुरीले अहिले सम्म उनको गीतमा लगानीको व्यवस्थापन हुन नसकेको बताए।

कमेन्ट लोड गर्नुस