सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोकिएको विदेशी सहायता दुई दिनभित्र शुरू गर्न अमेरिकी प्रशासनलाई अदालतको आदेश

२०८१ फाल्गुन १४, ०३:०५

एजेन्सीः अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई रोकिएको विदेशी सहायता शुरू गर्न दुई दिनको समयसीमा दिएको छ।

अदालतले ट्रम्प प्रशासनलाई अनुदान, ऋण र अन्य वित्तीय सहायता रोक्दै सङ्घीय कोषमा व्यापक कटौती गर्न लगाउने आदेशको कार्यान्वयन गर्न रोक लगाउने आफ्नो आदेशमा विस्तार गरेको हो। सुनुवाइका क्रममा अमेरिकी जिल्ला न्यायाधीश अमिर एच. अलीले दुई हप्ता अगाडि नै आदेश दिइएको भए पनि प्रशासनले त्यसलाई पालना नगरेको आरोप लगाउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ।

राष्ट्रपति ट्रम्पले गएको जनवरी २० तारिखमा शपथ लिएपछि कार्यकारी आदेश जारी गर्दै इजरायल, इजिप्ट र खाद्य सहायता कार्यक्रमबाहेक सबै विदेशी सहायता रोकेको घोषणा गर्नुभएको थियो। यसले गरिब देशहरूलाई दिइने गरेको स्वास्थ्य सहायतासमेत रोकिएको थियो। साथै अमेरिकी वित्तीय स्रोतका कार्यक्रमअन्तर्गत शिक्षा, पूर्वाधार निर्माणलगायतका कैयौं परियोजना पनि प्रभावित भएका छन्।
 

कमेन्ट लोड गर्नुस