सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ पुग्यो

२०८१ फाल्गुन १३, १२:४९

काठमाण्डौः लगातार बढिरहेको सुनको भाउले आज नयाँ कीर्तिमान बनाएको छ।

सुन अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। सुनको भाउ आज हिजोको तुलनामा पाँच सय रुपैयाँले बढेको हो। हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।


 

कमेन्ट लोड गर्नुस