धनगढी उप–महानगरपालिकाद्धार साढे ११ महिनामा ७ किलोमिटर नाली निर्माण
धनगढी उप–महानगरपालिकाले चालु आर्थिक वर्षको साढे ११ महिनाको अवधिमा ७ किलोमिटर मात्रै नाली निर्माण गरेको छ। भौतिक पुर्वाधारको क्षेत्रमा ठुलो रकम खर्च गरेको दावी गरे पनि उप–महानगरपालिकाले साढे ११ महिनाको अवधीमा ७ किलोमिटर मात्रै नाली निर्माण गरेको हो। मापदण्ड पुरा नगरेरै नाली निर्माण गर्दा पानीको निकासामा समस्या समस्या भईरहेको छ।
कतिपय स्थानमा आवश्यकताको पहिचान नै नगरि नाली निर्माण गरिएको आरोप समेत लाग्दै आएको छ भने कतिपय स्थानमा सडक कालोपत्रे भईसक्दा पनि नाली निर्माणको लागि कुनै पहल नै भएको छैन्। गत विगतका वर्षमा देखिएका समस्यालाई मध्यनजर गरि पानी निकास युक्त नाली निर्माण नगरिएको आरोप धनगढीका स्थानीय रामचन्द्र चौधरीले बताए।
उप–महानगरपालिकाले ७ किलोमिटर नाली निर्माण गर्न २ करोड भन्दा बढी रकम खर्च गरेको छ। यस्तै उप–महानगरपालिकाले चालु आर्थीक वर्षको ११ महिनाको प्रगती विवरणमा १२ वटा स्ल्याव कल्भर्ट र एक कल्भर्ट निर्माण गरेको पनि देखाएको छ। तर टुक्रेटाक्रे योजना छनोट गरि नाली, स्ल्याव कल्भर्ट र कल्भर्ट निर्माण गरेका कारण नगरवासी यस्को उपलव्धी नहुने बताउँछन्। तर उप–महानगरपालिकाका ईन्जिनियर द्धिजराज भट्टले भने बजेट अनुसारको नाली निर्माण गरेको बताए।